१६६४६४ - फौजदारी

Registration Number
०७३-CR-०८३३
Decision Date
2074-12-15
Registration Date
2073-09-24
Bench
हरीकृष्ण कार्की
Plaintiff
सिकन्दर खां
Defendant
नेपाल सरकार

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास सम्मानीय का.मु. प्रधान न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की फैसला मुद्दा नं. ०७३– CR -०८३२ मुद्दाः- कर्तव्य ज्यान। |तेजपाल सिंहको छोरा भारत बहराईच घर भई कारागार कार्यालय बाँकेमा थुनामा रहेका प्रताप भन्ने पल्लु |पुनरावेदक | |सिंह.................................................................१ |प्रतिवादी | |पुनरावेदक प्रतिवादी | | | | | विरुद्ध |दलसिंह रानाको प्रतिवेदनले नेपाल |प्रत्यर्थी| |सरकार..................................................१ |वादी | | | | |मुद्दा नं. ०७३– CR -०८३३ | | |नसिर अहमद खाँको छोरा बाँके जिल्ला रनियापुर गा.वि.स. वार्ड नं. ५ घर भई कारागार कार्यालय|पुनरावेदक | |बाँकेमा थुनामा रहेका सिकन्दर खाँ ...............................१ |प्रतिवादी | |पुनरावेदक प्रतिवादी | | | | | विरुद्ध |दलसिंह रानाको प्रतिवेदनले नेपाल |प्रत्यर्थी| |सरकार...................................................१ |वादी | मुद्दा नं. ०७३– CR -०८३४ |विजयकुमार सिंहको छोरा भारत बहराईच घर भई कारागार कार्यालय बाँकेमा थुनामा रहेका विशाल |पुनरावेदक | |सिंह...................................................................१ |प्रतिवादी | |पुनरावेदक प्रतिवादी | | | | | विरुद्ध |दलसिंह रानाको प्रतिवेदनले नेपाल |प्रत्यर्थी| |सरकार..................................................१ |वादी | सुरु तहमा फैसला गर्ने :- माननीय जिल्ला न्यायाधीश श्री अम्बरराज पौडेल बाँके जिल्ला अदालत फैसला मिति :- २०७२।०२।१३ पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री केशवराज जोशी पुनरावेदन अदालत, बुटवल फैसला मिति :- २०७३।०२।२४ यस अदालतको पुनरावेदन दायरीमा दर्ता भएको मिति:- २०७३।०९।२४ नियमवमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको छ। प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली २०७४ को नियम ९१(४) र अनुसूचि १२ को ढाँचामा तयार गरिएको छ ।