१५२३३० - देवानी

Registration Number
०७२-CI-१०५२
Decision Date
2073-10-26
Registration Date
2072-10-03
Bench
मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ
Plaintiff
मो। मुसा अन्सारी र सायरा खातुन
Defendant
मो।सब्बीर अहमद

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री विश्‍वम्भर प्रसाद श्रेष्ठ फैसला ०७२-CI-१०५२ मुद्दाः अंश भरपाई बदर। जिल्ला सप्‍तरी राजविराज नगरपालिका वडा नं. ३ बस्ने मुद्दी मियाँको छोरा बर्ष ७८ को मो. मुसा अन्सारी ----------------------------------------------------------------1 ऐ.ऐ. बस्ने मो. मुसा अन्सारीको धर्मपत्‍नी बर्ष ६६ की सायरा खातुन ---------------१ विरुद्ध जिल्ला सप्‍तरी राजविराज नगरपालिका वडा नं. ३ बस्ने मो. मुसा अन्सारीको छोरा मो. सब्‍बीर अमहद -------------------------------------------------------------------१ शुरु तहमा फैसला गर्नेः माननीय जिल्ला न्यायाधीश श्री ईश्‍वरराज आचार्य सप्‍तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तेजबहादुर राई पुनरावेदन अदालत, राजविराज फैसला मितिः २०७१।१२।१३ पुनरावेदन अदालत राजविराजको मिति २०७१।१२।१३ को फैसला उपर पुनरावेदक प्रतिवादीको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको अधिकार क्षेत्र अन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः- प्र. मुसा अन्सारी र निजकी पत्‍नी प्र. सायरा खातुनबाट जायजन्म भएका चार सन्तानमा जेठो म वादी मो. सब्बीर अहमद र कान्छो छोरा मो. सकिल अन्सारी र दुई छोरीहरु नसिम आरा र आसमिन आरा भएकोमा हालसम्म हामी छुट्टी भिन्‍न नभइ एकासगोलमा रहेको हुँदा हामीहरुको वीचमा अंशवण्डा भएको छैन। म वादीले विपक्षी प्रतिवादीहरु उपर CP-०५५६ को अंश दर्ता मुद्दा दायर गरी हाल विचाराधीन अवस्थामा छ। विपक्षी प्रतिवादीहरु मिली मलाई कुनै थाहा जानकारी नदिई विपक्षी मो. मुसा अन्सारी नाउँ दर्ताको जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ३ को ब्लक नं. २६/२ को ०-०-६.८ मध्ये जग्गा मध्ये ०-०-६ वि जग्गा निज मो. मुसा अन्सारीले विपक्षी सायरा खातुनलाई अंश वापत सम्पूर्ण घर जग्गा मालपोत कार्यालय सप्तरीबाट मिति २०५५।१२।२ मा र.नं. ५५८३ बाट अंश वापत हक हस्तान्तरण गरिदिएको हुँदा विपक्षी प्रतिवादीहरु मिली अन्य अंशियारको अंश भुस गर्ने नियतले अन्य अंशियार नदेखाई सम्पूर्ण सम्पत्ति विपक्षी प्रतिवादी मो. मुसा अन्सारीले विपक्षी सायरा खातुनलाई मिति २०५५।१२।२ मा पारित गरी अंश भरपाई गरिदिएको हुँदा उक्त कानून विपरितको अंश भरपाइ बदर गरी पाउँ भन्ने समेत व्यहोराको मो. सबीर अहमदको तर्फबाट शुरु अदालतमा परेको फिरादपत्र । प्रतिवादी मध्येका सायरा खातुनलाई अंश भरपाईबाट विवादको जग्गा हक हस्तान्तरण गरिदिदा विपक्षी वादीले सो सम्बन्धमा म प्रतिवादी समेत उपर यसै सम्मानित अदालतमा CP-७०२ मा लिखत बदर दर्ता बदर समेतको मुद्दा चलाई उल्लिखित मुद्दामा २०६९।२।३० मा फैसला हुँदा उक्त फैसलामा अंश भरपाई बदर सम्बन्धमा वादीको कुनै दावी नभएकोले वादी दावी पुग्न नसक्ने भनी आधार लिएकोमा निज विपक्षी वादीले सो फैसलाको परिणाम हेरी प्रस्तुत मुद्दा दायर गरेकोले विपक्षी वादीका फिराद दावी मुलुकी ऐन अ.वं. ७३ नं. र अ.वं. ८५ नं. को प्रतिकूल भएकोले वादी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मुसा अन्सारीको तर्फबाट शुरु अदालतमा पेश भएको प्रतिउत्तरपत्र।