१७५४५६ - देवानी

Registration Number
०७४-CI-०२२१
Decision Date
2079-03-22
Registration Date
2074-06-02
Bench
टंक बहादुर मोक्तान, कुमार चुडाल
Plaintiff
सुभास सि‌ तामाङ्ग
Defendant
रुपादेवी श्रेष्ठ

Judgment

सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला ०७४-CI-०२२१ मुद्दा:-दृष्टिबन्धकी लिखत बदर दर्ता। भोजपुर जिल्ला, किमालुङ गाउँ विकास समिति वडा नं. २ स्थायी घर भई हाल काठमाडौं जिल्ला, कपन गा.वि.स. को हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. १४ बस्ने सुभाषसिं तामाङ --------- -----------------------------------------१ विरुद्ध पर्सा जिल्ला, वीरगञ्‍ज उपमहानगरपालिका वडा नं. १३ बस्ने रुपादेवी श्रेष्ठ-------- १ शुरु तहमा फैसला गर्नेः- माननीय जिल्ला न्यायाधीश श्री लक्ष्मीकृष्ण श्रेष्ठ काठमाडौं जिल्ला अदालत फैसला मितिः- २०७१।१२।१९ पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री चण्डीराज ढकाल पुनरावेदन अदालत पाटन। फैसला मिति:- 20७३।०१।०९ न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड 1. विपक्षी तथा नापी शाखा, चावहिलका कर्मचारीहरु र मा.पो.का. चावहिलका कर्मचारीहरुको मिलोमतोमा मेरो निर्विवाद हकभोगको का.जि.कपन गा.वि.स. वडा नं.८ (ख) को साबिक कि.नं. २४९ को ०-४-०, ऐ. कि.नं. २५० को ०-९-२-० र कि.नं. ६५ को ०-१-० समेतको हाल कायमी कि.नं. ६ को जग्गाको सर्भे नक्साबाटै मेरो करीब ०-२-० अर्थात ६२.२५ वर्ग मिटर क्षे.फ. जग्गा घटाई कि.नं.२९६ को ज.ध.को अगाडि मुख ठूलो पार्ने गरी मेरो सहमति मञ्जुरी बेगर मेरो साबिक उक्त जग्गाको हाल कायमी कि.नं.६ को जग्गा कि.का. गरी कायमी कि.नं.३०८ को ६२.२५ वर्ग मी. क्षे.फ.जग्गा विपक्षी रुपादेवी श्रेष्ठको साबिकको क्षेत्रफल जग्गाभन्दा बढाई छुट्टै ३०८ कि.नं. कायम गरी विपक्षीलाई सो कित्ता जग्गाको ज.ध. प्रमाण पुर्जासमेत तयार गरी दिने गरी भएको मिति २०७०।११।११को मा.पो.का. चावहिलको गैरकानुनी र अन्यायपूर्ण हा.सा. निर्णय र सो निर्णयका आधारमा विपक्षी रुपादेवी श्रेष्ठले मा.पो.का. चावहिलबाट ज.ध.पुर्जा लिई मेरो उक्त कि.नं. ३०८ को ६२.२५ वर्ग.मि. जग्गा पुनः विपक्ष एच.एण्ड.वि डेभलपमेन्ट बैंक लि., कमलादीलाई र.नं. ५२३४ (ख) मिति २०७०।१२।२० मा दृष्टिबन्धक पारित गरेको र सो दृष्टिबन्धक लिखतले मेरो हक मेटिन गएकोले उक्त दृष्टिबन्धक लिखत सम्पूर्ण रुपमा बदर गरी न्याय ईन्साफ पाउँ भन्ने फिराद दाबी। 2. बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५६ र ५७ बमोजिम त्यसरी ऋण प्रदान गरी सम्पत्ति धितो राख्ने कानुनी अधिकार हुन्छ। ऋणी र बैंकले आफूलाई प्राप्त कानुनी हक प्रचलन गरी कारोबार गरेकोले यसमा विपक्षी वादीको हक जाने कुरै नरहेको हुँदा मिति २०७०।१२।२० र.नं.५२३४ को लिखत बदर हुन नसक्ने निर्विवाद रहेको हुँदा वादी दाबी निराधार ठहर गरी न्याय पाउँ भन्ने एच.एण्ड.वि. डेभलपमेन्ट बैंक लि. कमलादी, काठमाडौंको प्रतिउत्तर जिकिर। 3. मेरो बसोबास वीरगञ्‍ज हो, विपक्षी कपनमै बस्छन्। नयाँ नापी हुँदा मेरो उपस्थिति छैन। नयाँ नापी गर्दा के कसरी गरे मलाई थाहा भएन । यस विषयमा नापी कार्यालय गएर बुझ्दा जग्गा नापजाँच भैरहेको हुँदा मैले श्रेस्ता दुरुस्त पार्नको लागि मा.पो.का चावहिलमा हाल साबिकको निवेदन दिएकोमा मा.पो.का.ले नापी कार्यालयमा पत्र पठाएकोमा नापी कार्यालय, चावहिलले साबिक नक्साबमोजिम हाल नापी भएको जग्गाको नक्सा तथा स्थलगत रुपमा जग्गा नापजाँच गर्दा साबिक कि.नं ३४३ को ०-७-० जग्गा हाल कपन गा.वि.स. वडा नं. ८ को कि.नं. २९६मा १४४.४३ वर्ग मिटर र ऐ .ऐ का कि.नं.३०८ मा ६२.२५ वर्ग मिटर गरी जम्मा २०६.६८ वर्ग मिटर हुने ०-६-२ कायम गरी मेरो साबिकको कि.नं. ३४३ को ०-७-० क्षेत्रफलको जग्गाभन्दा घटी कायम गरी हाल साबिक गराएकोमा समेत चित्त बुझाई बसेको अवस्थामा विपक्षीले मउपर दायर गरेको फिराद हेर्दा आश्‍चर्यमा परेको छु। मैले विपक्षीको जग्गा कि.नं. २९६ र ३०८ जग्गाको अगाडिको मुख ठूलो पार्ने गरी हालसाबिक गरेको छैन। साथै साबिक नक्साबमोजिम मेरो जग्गा हालसाबिक गराएको हो। विपक्षीसँग कुनै प्रकारको लेनदेन व्यवहार गरेको छैन। मैले कुनै व्यक्तिको जग्गा दर्ता गरेको छैन। विपक्षीको झुठा फिरादबाट फुर्सद पाउँ भन्ने रुपादेवी श्रेष्ठको प्रतिउत्तर। 4. प्रतिवादी मध्येका रुपादेवी श्रेष्ठले आफ्नो नामदर्ता हकको कि.नं.३०८ को जग्गा धितोबन्धक पारित गरी प्रतिवादी बैंकबाट ऋण लिएको देखिन्छ। आफ्नो नामदर्ताको