७९०९८ - देवानी
- Registration Number
- ०६५-CI-०८१२
- Decision Date
- 2072-04-25
- Registration Date
- 2066-02-28
- Bench
- चोलेन्द्र शम्शेर ज. ब. रा.
- Plaintiff
- कृष्णप्रसाद शर्मा
- Defendant
- खेम बहादुर खडका र गोमाकुमारी खड्का
Judgment
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
फैसला
मुद्दा नं. ०६5-CI-0812
मुद्दा:– जग्गा खिचोला मेटाई हक कायम गरिपाऊँ।
|बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. 5 बस्ने कृष्णप्रसाद |पुनरावेदक |
|शर्मा..........१ |वादी |
|विरुद्ध | |
|बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा नं. 3 बस्ने खेमबहादुर खड्का.....१ | |
| |प्रत्यर्थी |
|ऐ.ऐ. बस्ने गोमाकुमारी |प्रतिवादी |
|खड्का............................................................| |
|१ | |
शुरु तहमा फैसला गर्ने :–मा.न्या. श्री करुणानिधि शर्मा
(बागलुङ जिल्ला अदालत)
पुनरावेदन तहमा फैसला गर्ने :–मा.मु.न्या. श्री दीपेन्द्र उपाध्याय
मा.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ
पुनरावेदन अदालत, बागलुङ।
फैसला मिति:–२०६३।९।२५
पुनरावेदन अदालत बागलुङले गरेको फैसलाउपर मुद्दा दोहोर्याई हेरी पाऊँ भनी परेको
निवेदनमा यस अदालतबाट मिति 2066।2।13 मा न्याय प्रशासन ऐन, 2048 को दफा 12 को
उपदफा (1) को खण्ड (क) र (ख) बमोजिम निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य
एवं ठहर यस प्रकार छः-
बागलुङ जिल्ला कालिका गा.वि.स. वडा नं. 3 को कि.नं. 345 को मोहोडा हात 11,
पिछाड हात 32 भएको घडेरी जग्गा मैले विपक्षीका दाइका छोरा धनबहादुर खड्कासँग मिति
2043।9।१3 को हालैको बकसपत्रको लिखतबाट लिएको थिएँ। त्यस बखत दाता धनबहादुर खड्काको
जग्गा धनी प्रमाणपूर्जामा क्षे.फ. 0-1-0-0 मात्र देखिएको थियो। तर, नक्सामा बढी जग्गा
भएकाले मेरो दाता धनबहादुरको जे जति जग्गामा भोगचलन थियो त्यति नै जग्गा हातले नापी
मोहोडा 11 हात पिछाड 32 हात मिल्न भिड्न आएको थियो। मैले जग्गा लिनु अगाडि मोहोडा र
पिछाडसमेत जग्गा धनी प्रमाणपूर्जामा खुलाई लेखाएको थिएँ। श्री मालपोत कार्यालय बागलुङमा
मिति 2043।9।21 का दिन नक्सा ट्रायल चेकका आधारमा क्षेत्रफल कायम गरिपाऊँ भनी निवेदन
दिई सो कार्यालयबाट मिति 2043।9।22 को च.नं. 1443 को पत्रद्वारा श्री मे.नापी शाखा
बागलुङलाई उक्त जग्गा ट्रायल चेक गरी पठाइदिनु भनी पत्रसमेत पठाइएको थियो। मे.नापी शाखा
बागलुङको प.स. मु.1।043।044 च.नं.143 मिति 2043।9।22 को पत्रद्वारा सो जग्गा कि.नं.
345 को क्षेत्रफल 0-1-3-2 कायम भएको भनी बागलुङ मालपोत कार्यालयमा पत्रसमेत प्राप्त भै
सोही मितिमा क्षेत्रफल कायम हुनुपर्ने भनी टिप्पणी उठाइएको थियो। सो जग्गाको मे. नापी
शाखालाई संशोधित क्षेत्रफलको जानकारीको पत्रसमेत पठाइएको अवस्थामा सो जग्गा मेरा
बहिनीज्वाई जीवन क्षेत्री तथा बहिनी पार्वती शर्माको घर नजिकै भएकाले विगत 4 वर्षदेखि
सागपात लगाउने र मकैको सिजनमा मकैको खेती गर्ने र घाँससमेत उपभोग गर्दै आएका थिए।
प्रतिवादीले मेरो जग्गाको सिमनाको किला फाली जग्गा कब्जा गरी खान पाउने होइनन्। सो कुरा
मेरो बहिनी र बहिनीज्वाईलाई अ.वं.139 नं. बमोजिम पेटबोलीबाट झिकी बुझी साक्षी
प्रमाणसमेत जो जे बुझ्नुपर्छ बुझी मुलुकी ऐन, अ.वं.171 नं. बमोजिम जग्गाको नक्सा सर्जमिनसमेत
गरी विपक्षीहरुको कब्जा खिचोला मेटाई पाऊँ भन्ने वादीको फिराद दाबी।
वादीको दाता धनबहादुरको कि.नं. 345 को जग्गाको क्षेत्रफल 0-1-0-0 हो। सोही
कित्ता र सोही क्षेत्रफल बराबरको जग्गा विपक्षी वादीले बकसपत्र गरी लिएको हो।
सोहीअनुसार मूल्य कायम भै रजिष्ट्रेशन दस्तुरसमेत बुझाएका हुन्। उक्त जग्गा 0-1-0-0 क्षेत्रफल
भन्दा बढीमा विपक्षीको दाताको भोग रहेको भए विपक्षीको दाताले सोमा हक कायम गराई
सकेपछि मात्र विपक्षी वादीले छुट्टाई लिनुपर्ने हो। जग्गा धनी दर्ता प्रमाणपूर्जामा रहेको
कि.नं. 345 मा नभएको क्षेत्रफल हातमा उल्लेख गरी बकसपत्र गरी दिँदैमा सो नभएको
क्षेत्रफलसमेत विपक्षी वादीकै हकमा आउँछ भन्ने कुरा कानून सम्मत् देखिंदैन। वादीले ट्रायल चेक
गराएको कुरा हामीलाई थाहा छैन। प्रतिवादी मध्येकी गोमाकुमारीको कुन जग्गा कुन ब्यहोराले
कित्ताफोड गरी विपक्षी वादीको जग्गामा क्षेत्रफल समावेश गरिएको हो, सो कुरा मैले थाहा
जानकारी पाएको म्यादभित्र कानूनी बाटो अनुसरण गर्न पाउने नै छु। वादीले उक्त जग्गा लिएपछि
0-1-0-0 भन्दा बढी जग्गा आफ्नो हो भनी ट्रायल चेक गराउन पाउने कानूनी व्यवस्था छैन।
मालपोत कार्यालयको क्षेत्रफल रोपनी 0-1-3-2 कायम गर्ने आदेश भए गरेको विषयमा हामीलाई
केही थाहा छैन। विपक्षीका बहिनीले उक्त जग्गामा सागपात घाँस कहिलेदेखि लगाएको हो, सो
वादीले खुलाउन सकेको छैन। बाली जबर्जस्ती लुटपीट गर्यो भन्ने वादीले दाबी लिन सकेको पनि
छैन। नापी विभाग योजना अनुगमन शाखाको मिति 2062।2।29 को नापी शाखा बागलुङलाई
पठाएको पत्रमा उक्त कित्ता नं.345 को जग्गा फिल्डबुकबमोजिम 0-1-0-0 क्षेत्रफल कायम गराई
दिने निर्णय भएको उल्लेख छ। सोको बोधार्थ विपक्षीका पिता नन्दराम शर्मा पौडललाई पनि
दिएको छ। सो कुरा लुकाई फिराद गरेकाले झुठा फिराद दाबीबाट अलग फुर्सद दिलाई पाउँ भन्ने
प्रतिवादीहरुको इन्कारी प्रतिउत्तर जिकिर।
शुरु जिल्ला अदालतको आदेशबमोजिम भई आएको नक्सा मुचुल्का तथा वादी, प्रतिवादीका
साक्षीले गरेको बकपत्र शुरु मिसिल सामेल रहेको।
वादीका नाउँमा कि.नं 345 को क्षेत्रफल 0-1-0-0 मात्रको दर्ता श्रेस्ता रहेको अदालतको
डोरबाट मिति 2062।6।12 मा भई आएको मिसिल संलग्न नक्सा सर्जमिनको नक्सा नं. 9।9।19/2
बाट देखियो। लिखित रजिष्ट्रेशन भई सकेपछि ट्रायल चेकको आधारमा मालपोत कार्यालय बागलुङले
मिति 2043।9।22 मा निर्णय संशोधन गरेको तर हालको अवस्थामा सो शंसोधन कायम रहेको
नदेखिएबाट वास्तविक लिखित प्रमाणभन्दा बढी हुने गरी प्रतिवादीहरुले कि.नं. 345 को क्षेत्रफल
0-1-3-2 मध्ये दक्षिण भागको मोहोडा मा हात 5 देखि पिछाड हात 32 सम्मको प्रचलित मूल्य